७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

डा. खड्का परराष्ट्रमन्त्रीमा नियुक्त

डा.नारायण खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई बुधबार परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी हुन् ।
संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा पठाउन प्रतिनिधि नभएपछि प्रधानमन्त्रीले कांग्रेस नेता नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएको बुझिएको छ ।
मन्त्रिपरिषदले मंगलबार परराष्ट्रमन्त्रीको नेतृत्वमा नेपाली टोली राष्ट्रसंघको महासभामा पठाउने निर्णय गरेपछि देउवाले खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णयमा पुगेका हुन् ।
देउवा निकट मानिने कांग्रेसको परराष्ट्र विभागका प्रमुखसमेत रहेका खड्का यस अघि अन्य मन्त्रालय हाकि सकेकाले पनि अनुभवी व्यक्ति मानिन्छन् ।
खड्काको सपथ ग्रहन कार्यक्रम आजै रहेको स्रोतले बताएको छ ।
प्रधानमन्त्री भएको झण्डै साढे दुई महिना हुँदा समेत मन्त्रीमण्डल विस्तार गर्न नसकेको भन्दै प्रधानमन्त्री देउवाको आलोचना भैरहेको छ ।
यता मन्त्री नियुक्तिमा देउवाले एकलौटी निर्णय गरेको भन्दै काँग्रेसकै पौडेल समूहले असन्तुष्टि व्यक्त गरेको छ ।
लामो समय सम्म मन्त्री थप्न नसक्नु थपिएकामा पनि आफ्ना निकटलाई मात्र एकलौटी मन्त्री बनाउने निर्णय गरेको भन्दै पौडेल पक्षले असन्तुष्टि व्यक्त गरेको बताईएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*