७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

ठुलो परिमाणको अखाद्य चिनी नष्ट गरिदै

राजस्व अनुसान्धान कार्यालय पथलैयाले ठुलो परिमाणको खान अयोग्य चिनी नष्ट गर्दैछ । कार्यालयका अनुसार लिलाम प्रयोजनका लागि नमुना परीण गर्दा ७२ हजार किलो चिनी खान योग्य नभएको भन्दै नष्ट गर्न लागेको जनाएको छ ।
उक्त चिनी २०७६ फागुन २५ गते जलेश्वर भन्सारबाट नेपाल भित्रिएको थियो । उपभोग मिति समाप्त भएको र आयातमा रोक लगाएको भारतीय चिनी मिलोमतोमा नेपाल आयात भएको भन्दै खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय जलेश्वरले नियन्त्रण लिएर राजश्व विभागमा पठाएको थियो ।
राजस्व अनुसन्धान कार्यालय पथलैयाले लिलाम परियोजना अघि परिक्षणका लागि खाद्य तथा गुण नियन्त्रण कार्यालय जनकपुरमा पठाएको थियो । गुणस्तर परीक्षण गराए पछि चिनी खान योग्य नरहेको रिपोर्ट आएको राजस्व अनुसन्धान कार्यालय पथलैयाको भनाई छ ।
खाद्यको रिपोर्टको आधारमा राजस्व अनुसन्धान विभागले चैत ६ गते पथलैयालाई पत्र पठाएर चिनी नष्ट गर्न अनुमति दिइसकेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*