१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

ठुलो दुर्घटना हुनबाट बच्यो तारा एयरको जहाज

९, बैशाख, काठमाडौं । तारा एयरको जहाज ठुलो दुर्घटना हुन बाट बचेको छ ।
लुक्लाबाट रामेछापको मन्थली विमानस्थलमा अवतरणको क्रममा रहेको जहाज सोमवार (आज) धावनमार्गबाट चिप्लिएको छ ।
बिहान करिब ९ बजे तिर तारा एयरको ‘नाइन एनएकेके’ ड्रोनियर जहाज चिप्लियर रनवे बाहिर पुगेको थियो ।
घटनामा मानविय क्षेति भने भएको छैन । बिमान चिप्लियर रनवे बाहिर गयका कारण रामेछापको मन्थली विमानस्थलका अन्य उडान केहि बेरका लागि बन्द गरिएको छ ।
जहाजको हाइड्रोलिकमा समस्या आएर चिप्लिएको हुनसक्ने बताईएको छ । अहिले नागरिक उड्डयन प्राधिकरण केन्द्रीय कार्यालयको टोलि घटना स्थल पुगी घटाको थप अनुसन्धान गर्दै छ । घटनाको अध्ययन गरि जहाजलाई त्यस ठाउँ बाट हटाईए पछि बिमान स्थल पुन सञ्चालनमा ल्याईने नागरिक उड्डयन प्रधिकरणले जनाएको छ ।
यस अघि सोलुखुम्बुको लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थलमा नयाँ बर्ष बैशाख १ गते बिहान समिट एयरको बिमान चिप्लियर भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको थियो ।
काठमाडौको त्रिभुबन अन्तराष्ट्रिय बिमानस्थल मर्मत कार्य भैरहेकाले केहि स्थानका डोमेस्टिक उडानकालागि रामेछापको मन्थिली एयरपोर्ट प्रयोग गरिदै आईएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*