१२ बैशाख २०८१, बुधबार  |  24 April 2024,Wednesday
Ad

ट्यांकर र मोटरसाईकल ठोक्किदा दुई ज्यनको ज्यान गयो


कावासोती, २९ माघ । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत नवलपुरमा भएको सवारी दुर्घटनामा २ ज्यानको ज्यान गएको छ ।
ज्यान जानेमा मोटरसाईकल चालक मध्यबिन्दु नगरपालिका २ बस्ने ४० वर्षीय युबराज घिमिरे र मोटरसाईकलमा सवार सोही ठाउका ३६ वर्षीय पिताम्बर पाठक रहेको प्रहरीले जनाएको छ । सोमबार राति करिब १० बजे नवलपुरको कावासोती नगरपालिका १६ डण्डामा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ३ ख ९१५८ नम्बरको दुध बोक्ने ट्ंयाकर र विपरित दिशातर्फ जाँदै गरेको बा २८ प २०३१ नम्बरको मोटरसाईकल एक आपसमा ठोकिएका थिय । दुर्घटनामा परि गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा मध्यविन्दु सामुदायिक अस्पताल डण्डामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*