१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

जेष्ठ नागरिक तथा असक्तलाई घर–घरमा पुगेर कोरोना विरुद्धको खोप दिन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले असक्त तथा जेष्ठ नागरिकलाई घर–घरमा पुगेर कोरोना विरुद्धको खोप दिन अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले सरकारका नाममा (आज) शुक्रबार जेष्ठ तथा खोप केन्द्रमा जान नसक्ने नागरिकलाई उनिहरुको घरमै पुगेर खोप दिन अन्तरिम आदेश दिएको हो ।
अन्तरिम आदेशमा खोप केन्द्रमा जान असमर्थ ज्येष्ठ नागरिक, विस्तारामा रहेका हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेको दीर्घ रोगीहरु तथा फरक क्षमता भएका र दुवै आँखा नदेख्नेहरु लाई घर–घरमा पुगेर खोप सेवा दिन आदेश दिएको हो ।
प्रवेश केसीले ज्येष्ठ नागरिकलाई खोपमा सहजता गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई सर्वोच्चमा दायर गरेको रिटको सुनुवाई गर्दै यस्तो आदेश दिएको हो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*