१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

जिप दुर्घटनामा ५को ज्यान गयो ।


२४, माघ, सिन्धुलीको फिक्कल गाउँपालिका–२ चण्डीभञ्ज्याङमा बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । दुर्घटनामा परि ७ जना घाइते भएका छन् । मध्येपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको महादेवडाँडाबाट १२ जना यात्रु बोकेर सदरमुकाम सिन्धुलीमाढीतर्फ आउँदै गरेको बा १५ च ९४२२ नम्बरको जिप बिहान करिव १० बजेतिर अनियन्त्रित भई दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार ज्यान गुमाउनेहरुमा फिक्कल गाउँपालिका २ का ५५ वर्षकी तीलमाया बिक, ६५ का कुनमान तामाङ, ४० वर्षकी लक्ष्मी बिक, २५ वर्षकी अनिता महत र वडा नं ३ की ३५ वर्षकी शान्तिमाया श्रेष्ठ रहेका छन् । दुर्घटनामा परि गम्भीर घाइते चालक मानबहादुर सुनुवार, गंगामाया बिक र दिपक श्रेष्ठलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याईएको प्रहरीले जनाएको छ ।
सामान्य घाईत चार जना यात्रुको भने स्थानिय अस्पतालमा उपाचार भैरहेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*