७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

जबर्जस्ती करणी मुद्दामा फसेका पूर्वसभामुख महराले सफाई पाए

जबर्जस्ती करणी मुद्दामा फसेका पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले सफाई दिएको छ ।
महरालाई काठमाडौं जिल्ला अदालतले गरेको फैसलालाई सदर गर्दै उच्च अदालतले उनीविरुद्धको मुद्दालाई सफाई दिएको हो ।
ललितपुरको पाटन स्थित उच्च अदालतका न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले महरा विरुद्धको मुद्दामा त्यस्तो फैसला गरेको हो ।
महरा बिरुद्द प्रतिनिधी सभाको सभामुख रहेका बेला संसद् सचिवालयमा काम गर्ने एक महिला कर्मचारीलाई जबर्जस्ती करणी उद्योग गरेको भन्दै मुद्दा दायर भएको थियो ।
आरोप पछि २०७६ असोज १४ गते सभामुखबाट राजीनामा दिएका महरालाई २०७६ फागुन ५ गते काठमाडौं जिल्ला अदालतले सफाइ दिएको थियो ।
भण्डै ५ महिना पूर्पक्षका लागि कारागार बसेका उनी बिरुद्दको मुद्दा जिल्ला अदालतको सफाई पछि उच्च अदालतमा पुगेको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*