२ जेष्ठ २०८१, बुधबार  |  15 May 2024,Wednesday
Ad

‘जनतासँग माओवादी’ अभियानमा वडा तहसम्म पुग्ने दाहालको दाबी

नेकपा माओवादी केन्द्रले आजबाट सुरु गरेको ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ मा पालिकाका वडास्तरसम्म केन्द्रीय नेता पुग्ने पार्टी अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् । भदौ १६ गते शनिबारबाट औपचारिक सुरु भएको अभियान देशभर एकैसाथ सञ्चालन हुने उनले बताए ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट अभियानको पहिलो सुरुवात गर्दै प्रधानमन्त्रीसमेत रहेको दाहालले सरकारले गरेका काम र यो अभियानबाट माओवादी पार्टी देशको सबैभन्दा बलियो शक्ति बन्ने आशा व्यक्त गरेका छन् ।

आफूले नेतृत्व गरेको सरकारले ऐतिहासिक काम गरेको दाबी गर्दै दाहालले पछिल्लो समय राजनीतिक दल र नेतृत्वप्रति देखिएको निराशालाई आशामा परिणत गराएको दाबी गरे ।

जनतामा अब केही हुन्छ भन्ने आशाको रक्तसञ्चार यो सरकारले गरेको दाबी गर्दै उनले भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, सुन तस्करीजस्ता घटनामा निष्पक्ष छानबिन र कारबाहीले गरेर जनतामा उत्साह थप्ने बताए ।

जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा, शहीदहरुको नाम राजपत्रमा प्रकाशन, लडाकुलाई राहतजसता निर्णयबाट माओवादी आन्दोलनको सम्मान गरेको उनको भनाइ छ ।

माओवादी केन्द्रद्वारा चलाइएको सो अभियान आगामी मंसिर १६ गते ३ महिनासम्म चल्ने छ । यो अभियानसँगै माओवादीप्रति जनलहर बढ्ने र पार्टी सदस्यता बढाएर ८ लाखभन्दा बढी बनाउने उद्देश्य लिइएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*