१२ बैशाख २०८१, बुधबार  |  24 April 2024,Wednesday
Ad

जनतालाई समयमै निःशुल्क खोप उपलब्ध गराउन छलफल


उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्धको खोप ल्याउने कार्यको प्रगति विषयमा विभिन्न मन्त्री र सचिवसँग आज छलफल गरेका छन् ।

पोखरेलले आज गृह, अर्थ, परराष्ट्र, सामान्य प्रशासन तथा सङ्घीय मामिला, स्वास्थ्य तथा जनसङ्ख्या र संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री, मुख्यसचिव र सचिवसँग जनतालाई समयमै निःशुल्क खोप उपलब्ध गराउनेबारे सरकारका निर्णय र त्यसमा भइरहेको प्रगतिबारे छलफल गरेका हुन् ।

उनले समयमै जनतालाई निःशुल्क खोप उपलब्ध गराउने सन्दर्भमा छलफल भएको बताए । सिसिएमसीमा आबद्ध मन्त्रीहरुसमेतको बैठकले कोभिड नियन्त्रणसम्बन्धी कामका बारेमा सर्वसाधारण जनतालाई जानकारी गराउने उद्देश्यका साथ प्रकाशन गरिने निर्णय पनि गरेको छ ।

सीमाविन्दुमा स्वास्थ्य सहायता कक्ष स्थापना गर्ने गरी उपचारका लागि चिकित्सक र स्वास्थ्यकर्मीलाई आवश्यकतानुसार करार सेवामा नियुक्त गर्ने बारेमा पनि बैठकमा छलफल भएको थियो ।

साथै कोभिड नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको भत्ता सम्बन्धमा देखापरेका केही व्यावहारिक कठिनाइका सम्बन्धमा पनि छलफल भएको जनाइएको छ । कोभिड कोषको खर्च विवरण जनतासमक्ष सार्वजनिक गर्ने निर्णय पनि भएको उपप्रधानमन्त्रीका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*