६ चैत्र २०८०, मंगलवार  |  19 March 2024,Tuesday
Ad

जनताको स्वास्थ्य सम्वन्धी मुद्दामा देउवा सरकारको पहिलो निर्णय

पदबहाली संगै नवनियुक्त अर्थ मन्त्री जनारदन शर्माले जनताको स्वास्थ्यलाई ध्यानमा राखेर कोरोना नियन्त्रण सम्वन्धी पहिलो निर्णय गरेका छन् ।
पदबहाली संगै कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ५ अर्ब रूपैयाँको सहमति प्रदान गरिएको छ ।
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप सुनिश्चित गर्ने पहिलो निर्णय गरेको थियो ।
सरकारको यो पहिलो निर्णय अनुसार आगामी असोज मसान्तसम्म एक तिहाइ र चैत मसान्तसम्म खोप लगाउने उमेर समूहका सबै नागरिकलाई खोप दिने गरी कार्य अगाडी बढाउने लक्ष्य सहितको निर्णय लिएको हो ।
मंगलबार साँझ सपथ ग्रहण लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले महामारीको समयमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाईकर्मी लगायतले पाउनुपर्ने जोखिम भत्ता एक साताभित्र उपलब्ध गराउन सुरु गर्ने निर्णय समेत गरेको छ ।
त्यस्तै सरकारी तथा निजी अस्पतालमा एचडीयू, भेन्टिलेटर, आईसीयूलगायत कोरोना नियन्त्रणसम्बन्धी स्वास्थ्य सामग्री खरिदका लागि संघीय तथा निजी अस्पताललाई ९६ करोड १२ लाख ११ हजार रूपैयाँ निकासा गर्ने निर्णण भएको छ ।
त्यस्तै प्रदेश तथा स्थानीय तहमा सञ्चालित अस्पताललाई प्रदेश सामाजिक विकास मन्त्रालयमार्फत ५२ करोड ४४ लाख ४० हजार रूपैयाँ वित्तीय हस्तान्तरण सम्बन्धी निर्णय पनि भएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*