७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

जनकपुर पुगेका प्रकाशमानको प्रश्न रेल किन चलेन ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जनकपुरधाममा शक्ति प्रदर्शन गरेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुव्र्यबहार र देशमा बढेको भ्रष्टाचारको विरुद्ध कांग्रेसले दशैभरी प्रदर्शन गर्ने क्रममा जनकपुरधाममा पनि प्रदर्शन भएको हो।

जनकपुरधामको विभिन्न चौकको परिक्रममा गरी रेल्बे स्टेशनमा भएको कार्यक्रममा नेता प्रकाशमान सिंहले सरकारको चर्को आलोचना गरेका छन्।

सिंहले देशमा हत्या हिंसा र बलात्कारको घटना बढ्दै गएको र सरकारबाटै संरक्षण भएको दाबी गरे।

भारत सरकारले निर्माण गरिदिएको रेल सञ्चालन गर्न पनि वर्तमान सरकार असफल भएको दाबी गर्दै नेता सिंहले भने,‘उहीले बनेको रेललाई ओली सरकारले सञ्चालनमा ल्याउने समय तोक्दा तोक्दै अहिलेसम्म सञ्चालन हुन सकेन। अहिले सम्म रेल सञ्चालन किन हुन सकेन?’

मधेशका लागि हुलाकी राजमार्ग आफ्नो बुबा गणेशमान सिंहले सुरुवात गरेको दाबी सिंहले गरे।

नेता सिंहले वर्तमान सरकारले जनताका लागि ठोस कार्यक्रम गर्न नसकेको जिकिर गर्दै सरकार पूर्ण रुपमा असफल रहेको बताए।

कांग्रेसको शक्ति प्रदर्शनमा जिल्लाको विभिन्न क्षेत्रबाट कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*