८ बैशाख २०८१, शनिबार  |  20 April 2024,Saturday
Ad

चीनबाट ल्याईएका १सय ७५ लाई क्वारेन्टाईनमा राखियो, भइपरी आउने समस्यालाई मध्यनजर गर्दै आवश्यक तयारी

समस्यामा परेका आफुहरुलाई नेपाल ल्याउन सरकारले गरेको पहल प्रति चिनबाट फर्कियका नेपालीहरुले खुसि व्यक्त गरेका छन् ।
उनिहरुले सरकारले आफ्ना नागरिकलाई सकुशल नेपाल फर्काएको भन्दै सरकारलाई धन्यबाद समेत दिएका छन् ।
सरकारले भक्तपुर स्थित बनाएको क्वारेन्टाईनमा रहँदा उनिहरुलाई खान पिन, स्वास्थ्य जाँच, रमाईलोकालागि खेल, टेलिभिजन जस्ता कुराको व्यवस्था मिलाईएको छ । २५ जना स्वाथ्यकर्मीको टोलिले उनिहरु १४ दिन सम्म बिशेष निगरानी गर्ने बताईएको छ ।

क्वारेन्टाइनमा भइपरी आउने समस्यालाई मध्यनजर गर्दै आवश्यक तयारी समेत गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए । क्वारेन्टाइनमा रहँदा उनिहरुलाई आफन्तहरु संग भेटघाट गर्न भने बन्देज गरिएको उनले बताए ।
कोरोना भाईरसको संक्रमित क्षेत्र चीनको वुहानबाट एक सय ७५ नेपाली नागरिकको उद्धार गरी सरकारले आईतवार बिहान नेपाल ल्याएको थियो । चालक दल, चिकित्सक सहितकको १६ जनाको बिशेष तालिम प्राप्त टोलिले नेपाल बायुसेवा निगमको विमानबाट उनिहरुलाई बिहान नेपाल ल्याएको हो । हुबेई प्रान्तका विभिन्न ६ शहरमा रहेका नेपाललीलाई वुहानमा जम्मा पारिएको थियो  ।
नेपाल आएका मध्ये १सय ७० विद्यार्थी, एक मजदुर, दुई बालबालिका र दुई पर्यटक छन् । नेपाल आएका उनिहरुलाई त्रिभुबन अन्तराष्ट्रिय बिमान स्थालमा स्वस्थ्य परिक्षण गरी सोझै भक्तपुरको खरिपाटी स्थित नेपाल बिद्युत प्राधिकरणमा निर्मित क्वारेनटानमा लगिएको छ ।
बिमान स्थलबाट प्रहरी, सेना लागएतका चिकित्सका टोलिले सावधानि पूर्वक क्वारेन्टाईन सम्म पुरयाएका थिए ।

नेपाल आउन १ सय ८५ जनाले आवेदन दिए मध्य ६ जनालाई ज्वरो आएको पाईएका कारण उनिहरुलाई नेपाल आउन अनुमती नदिईएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ । भन्ने अन्य ४ जना चीनमै रहने निर्णय गरेकाले नआएको समेत दुतावासले जनाएको छ ।
अहिले क्वारेन्टाईन क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना समेतले सुरक्षा दिईरहेका छन् ।

यता चिनबाट नेपाल ल्याईएकाहरु लाई देखे पछि खरिपाटी वरपरका स्थानिय त्रसित भएका छन् । सरकारले बिशेष निगरानी र उपचारको व्यवस्था मिलाए पनि कसरी सुरक्षित रहने भन्ने बारे खासै जानकारी नरहेकाले आफुहरु त्रसित भएको स्थानियले बताएका छन् ।
आफ्नै नेपाली दाजुभाई भएकाले पनि उनिहरु प्रति सहानुभुती रहेको र सरकारले उनिहरु सहित आफुहरुलाई पनि बिशेष स्वास्थ्य व्यवस्था मिलाउने ध्यन दिनुपर्ने स्थानियको माग छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*