१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

चार कम्पनीको ९ अर्ब माथिको आइपीओ निष्काशन हुँदै

निकट भबिष्यमा नै लगभग ९ अर्ब १० करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्ने गरी अनुमति माग्दै चार वटा कम्पनी धितोपत्र बोर्ड पुगेका छन् । यसरी आइपीओ निष्काशनको अनुमति माग्ने कम्पनीहरुमा सर्वाधिक ठूलो राशीको आइपीओ निकाल्ने तयारीमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकदेखि ज्योति लाइफ इन्स्योरेन्स कम्पनी र महिला लघुवित्त वित्तिय संस्था छन् ।

त्यस्तै, न्यादी हाइड्रो पावर कम्पनीले पनि आयोजना प्रभावित स्थानीयका लागि आइपीओ निष्काशन गर्न अनुमति मागेको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्बको आइपीओ निष्काशन गर्न अनुमति माग्दै मंसिर १९ गते निवेदन दिएको हो ।

कम्पनीले एनआइबीएल एस क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ । ज्योति लाइफले ६६ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्दैछ । ज्योतिले एनएमबि क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ ।

महिला लघुवित्त वित्तिय संस्थाले पनि ४ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्न लागेको छ । संस्थाले नेपाल एसबीआई मर्चेन्टलाई बिक्रि प्रबन्धक तोकेको छ । न्यादी हाइड्रो पावर लिमिटेडले ४० करोड ५० लाख रुपैयाँ बरारबको आइपीओ निष्काशन गर्न लागेको हो । यसरी आइपीओ निष्काशन गर्न लागेका तीन वटै कम्पनी आकर्षक मानिन्छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*