७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

चाडपर्व सुरु भए संगै सहुलियत पसल सुरु

चाडपर्व सुरु भए संगै सरकारले यस बर्ष पनि सर्वसाधारणका लागि सहुलित पसल सुरु गरेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले एक कार्यक्रमको आयोजना गरेर सर्वसाधारणको सहजताकालागि सहुलित पसलहरु संचालन गरेको जनाएको छ ।
मुलुका ३९ जिल्लाका ४३ आउटलेटबाट दैनिक उपभोग्य बस्तु सहित चाडपर्वमा प्रयोगहुने दैनिक उपभोग्य सामाग्रीहरु सहुलियत दरमा बिक्रि वितरण गरिने छ ।
सरकारले काठमाडौं उपत्यकामा थापाथली, रामशाहपथ, ललितपुरको नख्खु र भक्तपुरको सूर्यविनायकका आउटलेटबाट छुट दिइने जनकारी गराएको छ ।
कम्पनीका बिक्री वितरण विभाग प्रमुख भीम थापाले उपभोक्तालाई अनलाइन सेवाबाट समेत खाद्य वस्तुमा छुट तथा निःशुल्क होमडेलिभरी गर्ने व्यवस्था मिलाईने बताए ।
त्यस्तै साल्ट ट्रेडिङ कर्पोरेसन्सले पनि देशका विभिन्न ३२ आउटलेटबाट सहुलित सामग्री बिक्रि वितरण गर्ने जनाएको छ ।
कर्पोरेसन्सका सहमहाप्रबन्धक कुमार राजभण्डारीका अनुसार सर्वसाधारणको सहजताकालागि उपत्यकाका कालीमाटी, कोटेश्वर, सतुङगल, जावलाखेल र भक्तपुर तथा ३ वटा घुम्ती सेवा समेत सञ्चालन गरिने बताए ।
सर्वसाधारणले चामल, नुन, तेल, चिनि, दाल, तथा चाडबाडका लागि चाहिने अत्यावश्यक सामनमा सहुलियत पाउने छन् ।
दशैंको समयमा उपत्यकामा अत्यधिक माग हुने खसी, बोका तथा च्याङ्ग्रा भने घटस्थापना देखि बिक्रिवितरण गरिने योजना छ । मासुकालागि खसी, बोका तथा च्याङ्ग्रामा समेत छुट पाउने छन् ।
त्यस्तै दुग्ध विकास संस्थान (डिडिसी) ले पनि घीउ पनिरमा छुट दिने बताएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*