६ चैत्र २०८०, मंगलवार  |  19 March 2024,Tuesday
Ad

चाडपर्वलाई लक्षित बजार अनुगमन सुरु

सरकारले (आज) बिहिबार देखि जिल्लाका बजारहरु अनुगमन थालेको छ ।
चाडबाडको समयमा हुने कालो बजारी तथा गुणस्तर हिन खाद्यवस्तुको बिक्रिवितरणलाई रोक्न पनि बजार अनुगमन थालेको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयको संयोजनमा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग लागाएतले संयुक्त रुपमा बजार अनुगमन गर्ने छन् ।
असोज एक गते देखि अनुगमन टोलि खटाईएको भए पनि चाडबाडलाई लक्षित गरि आजदेखि अनुगमन थालिएको विभागका महानिर्देशक प्रकाश पौडेलले बताए ।
यस अघि गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई चाडपर्व लक्षित अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिइसकेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*