३ जेष्ठ २०८१, बिहीबार  |  16 May 2024,Thursday
Ad

सन्दीपको चमत्कारिता क्यानडामा पनि : मोमेन्ट अफ द म्याचको पुरस्कार तेस्रो पटक

नेपाली क्रिकेट टीमका उदयीमान खेलाडी सन्दीप लामिछानेको खेल विदेशी भूमिमा पनि उस्तै देखिएको छ । घरेलु टिमका लागि अपरिहार्यजस्तै भएको लामिछाने प्mन्चाई म्याचहरुमा पनि त्यत्तिकै महत्वपूणै खेलाडीका रुपमा देखिएका छन् ।

यतिबेला क्यानाडामा जारी ग्लोबल टी–२० खेलमा म्याचहरु उनी प्रेरित भएको छ । स्पिनर सन्दीपले आफ्नो उत्कृष्टता खेल देखाउने क्रममा हिजो राति महत्वपूर्ण तीन विकेट हात पारे । १८ रन खर्चिएर तीन विकेट लिएको खेलमा उनको क्लब सर्रेले महत्वपूर्ण २ अंक जोड्न सफल भएको छ ।

सो खेलमा सन्दीपले प्लेयर अफ द म्याचको अवार्ड पाउन नसके पनि फेरि एकपटक मोमेन्ट अफ द म्याचको पुरस्कार हात पारे । उनले एकै ओेभरमा दुई विकेट लिई खेललाई सर्रेको पक्षमा पार्न सफल भएबापत सो पुरस्कारको हकदार भए । त्यसो त उनले यसअघि पनि दुई खेलमा मोमेन्ट अफ द म्याचको पुरस्कार जितेका छन् । यसबापत सन्दीपले प्रत्येक खेलमा पुस्कारस्वरुप ५०० डलर प्राप्त गरेका हुन् ।

आजको खेलमा सन्दीपका स्पिनले ओेभरसिज ब्याट्सम्यान गाह्रो पारेको थियो । सकिब अल हसन, कोलिन मुनरो, जेम्स निसामजस्ता दिग्गज ब्याट्सम्यानहरूको विकेट लिन सफल भएर सन्दीपको क्षमताबारे पुष्टि गरिदिएका छन् ।

सन्दीपले अहिलेसम्म चार खेलमा ७ विकेट लिइसकेका छन्, जसमध्ये वर्षाले प्रभावित एक खेलमा उनले दुई ओभरमात्र बलिङ गर्न पाएका थिए । जारी प्रतियोगितामा सर्वाधिक विकेट लिने बलको सूचीमा उनी तेस्रो स्थानमा छन् । उनी ग्लोबल टी २० को इतिहासमा सर्वाधिक विकेट लिने बलर पनि हुन् ।दोस्रो जितपछि चार खेलबाट ५ अंक जोडेर सर्रे तेस्रो स्थानमा उक्लेको छ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*