१३ बैशाख २०८१, बिहीबार  |  25 April 2024,Thursday
Ad

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणार्थ मलेसियामा धुर्मुस–सुन्तली साँझ

माघ, २५ । राष्ट्रिय सभा गृहमा घोषणा गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणार्थ अभियानलाई लिएर मलेसिया पुगेका धुर्मुस र सुन्तलीले आफ्नो शानदार प्रस्तुतिले दर्शकको मन जितेका छन । नेपालमा गौतम बुद्ध अन्तराष्ट्रिय रंगशाला घोषणा गरे लगतै पहिलो प्रस्तुतिको लागि मलेसिया आएका हास्य कलाकर सिताराम कट्टेल (ध्रुमुस), कुन्जना घिमिरे (सुन्तली) चर्चित लोक गायक बद्री पंगेनी, चर्चित आधुनिक गायीका मेलिना राई, चर्चित लोक गायीका सम्झना भण्डारी र कार्यक्रम प्रस्तोता यामजोङ्ग को भव्य स्वागत भएको छ । यी दुई ब्राण्ड एम्बेसडर रहेको सिटी एक्सप्रेसले रंगशाला निर्माणार्थ मलेसियाको तिन शहरमा ‘सिटी एक्सप्रेस धुर्मुस–सुन्तुली साँझ २०७५ को आयोजना गरेको हो ।
जसअन्तर्गत क्वालालम्पुरमा पहिलो शो फेब्रुरुअरी ५ मा डेवान मारियमेनको सिटी सेन्टर र फेब्रुरुअरी ६ मा पेनाङ एसटी एन्नी चर्चमा भएको छ । उक्त दुई शो मा धुर्मुस सुन्तलीको अभिनयलाई दर्शकले भरपुर मनोरन्जन लिएका छन । यी दुईसँगै चर्चित लोक गायक बद्रि पंगेनी , चर्चित आधुनिक गायीका मेलिना राइ , चर्चित लोक गायीका सम्झना भण्डारी र स्थानीय कलाकारहरुले पनि मनो्रन्जन दिएका छन । यसैगरी अब क्वालालम्पुर र पेनाङ पश्चात फेब्रुअरी १० मा जोहर बारुमा अन्तिम कार्यक्रम हुनेछ । झन्डै तिन अर्बको अनुमानित लागतमा निर्माण हुने भनिएको रंगशाला निर्माणमा मलेसियाबाट राम्रो साथ सहयोग पाउने विश्वास धुर्मुस सुन्तलीले व्यक्त गरेका छन ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*