८ बैशाख २०८१, शनिबार  |  20 April 2024,Saturday
Ad

गृहसचिवलाई कोरोना, गृहमन्त्री र तीनै जना आईजिपी पनि ट्रेसिङमा

गृहसचिव महेश्वर न्यौपानेलाई कोरोना संक्रमण भएको छ । उनी केही दिनअघि मात्र तीनै वटा सुरक्षा निकायका प्रमुखलाई लिएर तराई भ्रमणमा गएका थिए ।

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरीका शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलाई लिएर तराईका निरीक्षण भ्रमणमा गएका थिए । साथै सोमबार चितवनमा सशस्त्र प्रहरीको गुल्मको समेत उद्घाटन गरेका थिए ।

जसमा गृहमन्त्री रामबहादुर थापा बादल समेत थिए। जसकारण तीनै आईजिपी र गृहमन्त्री समेत ट्रेसिङमा परेका छन् ।

तर, उनीहरु क्वारेन्टाइनमा नबसेको स्रोत बताउँछ । गृह मन्त्रालयका अधिकांश कर्मचारीलाई यसअघि नै संक्रमण भइसकेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*