१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

गृहमन्त्री थापाको चेतावनी : सरकारले सशस्त्र दमन गर्ने अवस्था आउन सक्छ

 गृहमन्त्री रामबहादुर थापाले सरकारले सशस्त्र दमन गर्ने अवस्था आउनसक्ने चेतावनी दिएका छन् । जनयुद्ध दिवसका अवसरमा नेकपा ओली समूह निकट नेपाल ट्रेड युनियन महासंघले शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘प्रतिक्रियावादी वर्ग’ ले सरकारलाई अवरोध गरेका खण्डमा सशस्त्र दमन पनि गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका हुन् ।

गृहमन्त्री थापाले सरकारले समाजवादी कार्यक्रम लागू गर्ने क्रममा ‘प्रतिक्रियावादी वर्ग’ ले हतियारै उठाएर अवरोध गर्न पनि सक्ने र त्यस अवस्थामा सरकारले पनि सशस्त्रै रूपमा दमन गर्नुपर्ने स्थिति आउन सक्ने बताए ।

गृहमन्त्री थापाले प्रतिक्रियावादी समाजवादी क्रान्तिलाई रोक्न, असफल पार्न खोजे भने सरकारले सेना प्रहरी सहित सशस्त्र दमन गर्नुपर्ने स्थिति आउन सक्ने बताएका हुन् । उनले हिजोजस्तो आज समाजवादी क्रान्तिका लागि सशस्त्र संघर्ष गर्नुपर्ने अवस्था नभएको उल्लेख गरे ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*