१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

गायिका आस्था राउतलाई पक्राउ पुर्जी जारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका आस्था राउतलाई पक्राउ पुर्जी दिएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलमा चेकजाँचको क्रममा डिउटीमा बसेका प्रहरी जवानमाथि अभद्र व्यवहार गरेकोले थप अनुसन्धानकालागि उनलाई पक्रन आदेश दिएको काठमाडौंका प्रहरी प्रमुख उत्तमराज सुवेदीले बताए ।
बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नियमित चेकजाँचका क्रममा प्रहरीले अभद्र व्यवहार गरेको भन्दै राउतले प्रहरीलाई गालि गलौज गरेको भिडियो लाइभ गरेकी थिइन् । उनलाई चेकजाँच गर्ने महिला प्रहरी जवान रमिता श्रेष्ठले उनीविरुद्ध अभद्र व्यवहार मुद्दामा थप अनुसन्धान गर्न माग गरे अनुसार गायिका रावतलाई पक्रन जिल्ला प्रशासनले प्रहरीलाई अनुमति दिएको हो ।
राउतले सामाजिक सञ्जालमा ड्युटीमा रहेका प्रहरीमाथि प्रयोग गरेको भाषाशैलीलाई लिएर चर्को आलोचना भए पछि उनि फेरी फेसबुक लाईभमा आई माफि मागेकी थिईन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*