८ बैशाख २०८१, शनिबार  |  20 April 2024,Saturday
Ad

गायक चलाउने “फलाम पिटे तरवार” बाट फेरी चर्चाको शिखर चढ्दै

नेपाली संगित क्षेत्रमा गायक भागिरथ चलाउने फेरि एकपट चर्चाको शिखरमा पुगेका छन् ।
गायक चलाउनेले गएको फेवरवरी २३ मा सार्वजनिक गरेको गीत फलाम पिटे तरवारलाई १८ दिनमा १४ लाख बढीले हेरेका छन् ।
त्यस्तै सामाजिक सञ्जान टिकटकमा पनि यो गीत उत्तिकै हिट बनेको छ ।
गायक चलाउने आफैले लेखेको र संगित गरेको यो गीत गायक चलाउने र सुनिता बुढा क्षेत्रिले आवाज दिएका छन् ।
चर्चित मोडल आशिर प्रताप जंग र लोसिना लामिछानेले अभिनय गरेको गीतको भिडियोलाई सुनिल क्षेत्रीले निर्देशन गरेका हुन् ।
यसअघि ‘कस्लाई सोध्ने होला’, ‘जाउला बरिलै’, ‘रोईरहेछ देश’, ‘ज्यानको माया लाएछ’, जस्ता गीत ल्याएर चर्चा चर्चाको शिखरमा उक्लिएका चलाउनेको यो गीतले यूटुवको टे«ण्डिङलाई पछ्याईरहेको छ ।
गीत राम्रो बनेकोले दर्शकले मन पराई दिएकोमा आफु अत्यन्तै खुसी भएको गायक चलाउनेको भनाई छ ।
दर्शक श्रोताको यस्तै माया पाए आउँदा दिनमा नेपाली संगित क्षेत्रमा अझ राम्रा गीतहरु ल्याउने उनि बताउँछन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*