२ जेष्ठ २०८१, बुधबार  |  15 May 2024,Wednesday
Ad

कोशी प्रदेशमा हिक्मत कार्कीले मुख्यमन्त्रीको शपथ लिँदै

राजनीतिक किचलो उठिरहेको कोशी प्रदेश एक वर्ष नपुग्दै एमाले संसदीय दलका प्रमुख हिक्मत कार्की आज तेस्रोपटक मुख्यमन्त्री नियुक्त हुँदैछन् ।

हिजोमात्र सर्वोच्च अदातलले मुख्यमन्त्री उद्धव थापालाई बर्खास्त गर्दै प्रदेशसभाको सबैभन्दा ठूलो दलका नेताको कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । सोहीअनुसार प्रदेश प्रमुखको कार्यालयले शपथको तयारी गरेको हो ।

मुख्यमन्त्रीले पहिलो चरणमा २ जनामात्र मन्त्री नियुक्त गर्ने तयारी गरेको स्रोतले जनाएको छ । जसअनुसार आजै तिलकुमार मेन्याङ्वो र एकराज कार्की मन्त्रीमा नियुक्त हुँदैछन् ।

सर्वोच्चको पत्र प्राप्त भएसँगै कार्कीलाई मुख्यमन्त्रीमा नियुक्ति गर्ने तयारी भइरहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको हो ।

सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल, डा. कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले बिहीबार संविधानको धारा १६८ को उपधारा ३ बमोजिम कार्कीलाई ४८ घण्टाभित्र कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*