१२ बैशाख २०८१, बुधबार  |  24 April 2024,Wednesday
Ad

कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा नेपाल बैंकले ३ करोड ४६ लाख सहयोग गर्यो

काठमाडौं । कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल बैंकले ३ करोड ४६ लाख सहयोग गरेको छ ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष बासुदेव अधिकारीले कोषमा जम्मा हुने गरि उक्त रकमको चेक अर्थमन्त्री डा.यूवराज खतिवडालाई हस्तान्त्रण गरे ।
हरेक बर्ष आफ्नो मुनाफाको संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्दै आएको १ प्रतिशत बराबरको रकम बैंकले (कोभिड १९) नियन्त्रणमा सहयोग गरेको हो ।
बैंकले मुनाफाको उक्त प्रतिशत रकम नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम विभिन्न दैविप्रकोप, शिक्षा, स्वस्थ्य, सरसफाई, वातावरण संरक्षण तथा अन्य सामुदायिक हित लगायतका क्षेत्रहरुमा खर्च गर्दै आएको छ ।
कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. यूवराज खतिवडाले कोरोना संक्रमण रोकथाम र नियन्त्रण गर्ने नेपाल सरकारको प्रयासमा नेपाल बैंकले पुर्याएको सहयोग महत्वपूर्ण रहेको बताए । अर्थमन्त्री खतिवडाले बैंकको कार्यसम्पादनमा आएको सुधारको प्रशंसा गर्दै आगामी दिनहरुमा बैंकलाई अझ प्रतिस्पर्धी बनाउदै लैजान जोडदिदै प्रगतिको शुभकामना दिए ।
कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले सरकारले चालेका कदमहरुमा बैंकको सदैव साथ रहने बताए । कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल बैंकले सवै भन्दा पहिला सहयोगको घोषण गरेको समेत उनले बताए ।
हालसम्म संघिय सरकारको कोषमा रु.४ करोड ४६ लाख र प्रदेश सरकारहरु लाई पाँच–पाँच लाख गरि रु. ३५ लाख आर्थिक सहयोग गरिएको समेत अध्यक्ष अधिकारीले जानकारी दिए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले मौद्रिक नीति र नेपाल राष्ट्र बैंकको निर्देशन पालना गर्दै बैंकको वित्तीय अवस्थामा थप सुधार ल्याउन बैंक व्यवस्थापन प्रतिवद्ध रहेको बताए । साथै यस कार्यमा नेपाल सरकारबाट निरन्तर सहयोगको समेत अपेक्षा गरे ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गाना, डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी, नेपाल बैंक लिमिटेड सञ्चालक समितिका सदस्य, सह–सचिव केदारप्रसाद पनेरु, अर्थ मन्त्रालयका सह–सचिव झक्कप्रसाद आचार्य, नेपाल बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी, बैंकका कम्पनी सचिव केशव प्रसाद भण्डारी लगायतको उपस्थिती थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*