७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

कोरोना संक्रमण बढेको भन्दै बिभिन्न ठाउँमा लकडाउन गरिदै, उच्च सतर्कता अपनाउन स्वास्थ्य बिज्ञको सुझाव

कोरोना संक्रमणले भयावह निम्याउन सक्ने भन्दै स्वास्थ्य बिज्ञहरुले उच्च सतर्कता अपनाउन सुझाव दिएका छन् ।
केहि समय यता कोरोना संक्रमणका बिरामी भेटिनेक्रम बढेपछी थप उच्च सतर्कता अपनाउन स्वास्थ्य बिज्ञहरुले सुझाएका हुन् ।
संक्रमणको दर दिन प्रतिदिन बढ्न थालेपछि दक्षिणी छिमेकी मुलुक भारत तर्फ जोडिएका शहरहरुमा लकडाउन गर्न थालिएको छ । भारत संग नाका जोडिएको नेपालगंज बजार बिहिवार देखि लागु हुने गरी लकडाउन सुरु गरिएको छ । बाँके जिल्लाको सदरमुकाम रहेको नेपालगन्जमा एक साताका लागि लकडाउन गर्ने निर्णय गरिएको हो ।
त्यहाँ स्थित जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी), बाँकेको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले ९ वैशाख बिहान १२ बजेदेखि लागू हुने गरी नेपालगन्ज क्षेत्रभरि लकडाउनको घोषणा गरेको होे ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार वैशाख ९ गते बिहान १२ बजेदेखि १५ वैशाख रातिसम्म यातायातका साधन, पसल, कलकारखाना, शैक्षिक संस्था सबै बन्द गर्ने तथा हिँडडुल गर्नसमेत निषेध गरिएको छ ।
त्यस समयमा स्वास्थ्य, शान्ति सुरक्षा, दूरसञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, पेट्रोलियम पदार्थ, तरकारी, खाद्यान्न तथा दुग्धपदार्थ, औषधि पसल, एटिएम जस्ता अत्यावश्यक सेवाहरू भने खुल्ला रहने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गेलालले बताए ।
तर प्रशासनले खाद्यान्न तथा दुग्धपदार्थ र तरकारी पसल भने बिहान ६ बजेदेखि ९ बजेसम्म खोल्न पाइने निर्णय गरेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*