१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

कोरोना संक्रमण दर घट्दै, आज २ हजार ४ सय ४२ मा पुष्टि

नेपालमा कोरोना संक्रमणको दर निरन्तर घटेको छ । छिल्लो २४ घण्टामा नेपालमा २ हजार ४ सय४२ जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ४ सय ५६ जना कोरोना भाईरस संक्रमणमुक्त भएका छन् ।
पीसीआर विधिबाट ६ हजार ६ सय ७७ जनाको परीक्षण गर्दा १ हजार ४ यस २१ जनामा र एन्टिजेन विधिबाट ४हजार २ सय ४९ जनाको परीक्षण गदा १ हजार २१ जनामा भाईरस संक्रमण पुष्ठि भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै ५१ जनाको कोरोनाका कारण मृत्यु भएको समेत मन्त्रालयले जनाएको छ ।
संक्रमण दर निरन्तर घटेपछी प्रशासनले लगाउँदै आएको निषेधाज्ञा समेत घटाउँदै लगेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*