१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

कोरोना प्रतिको संत्रास हट्दै, तर सचेत हुन स्वास्थ्य बिज्ञहरुको सुझाव

काठमाडौं । नेपाली समाजमा कोरोना भाईरस (कोभिड–१९) प्रतिको संत्रास हट्दै गएको छ ।
पछिल्लो समय कोरोना भाईरसका संक्रमित भन्दा संक्रमित मुक्त हुनेको संख्या निरन्तर बढिरहेका कारण कोरोनाप्रतिको त्रास कम हुँदै गएको हो ।

जाडो महिनामा संक्रमितको दर बढ्ने तथा भाईरसबाट उच्च जोखिम रहने कुरा स्वास्थ्य बिज्ञहरुले बताएपनि नेपालमा त्यसको असर खासै नपरेकाले कोरोना प्रतिको डर बिस्तारै घटदै गएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमित र निकोहुनेको संख्या झण्डै बराबरी झै देखिन थालेको छ । यसरी संक्रमित र निकोहुनेको संख्या झण्डै बराबरी बराबरी झै देखिनुमा नागरिक सचेत हुनु तथा न्यूनतम स्वास्थ्य मापदण्ड र साबधानी अपनाउनु नै रहेको स्वाथ्यकर्मीहरुको भनाई छ ।

तर स्वास्थ्य बिज्ञहरुले भने हेलचक्राई गर्न नहुने बताएका छन् । चिसो मौसममा भाईरसको प्रभाव बढि रहने भएकाले बिशेष सावधानी अपनाउन आग्रह गरेका छन् । यस्तो मौसममा मुलत जेष्ठ नागरिक र बालबालिकालाई बचाउनु पर्ने बिज्ञहरुले सुझएका छन् ।

मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५६ हजार ५सय ९२ पुगेको छ । त्यस्तै यो भाईर संक्रमित भै निको हुनेहरुको संख्या २ लाख ४७ हजार ४ सय जना रहेका छन् । त्यस्तै मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा अहिले सम्म भाईसरका कारण मृत्युहुनेको संख्या १८ सय आठ रहेको जनाएको छ ।

सरकारले २०७६ चैत्र ११ गते देखि नेपालमा लकडान लगाएर बन्द गरेको अन्तराट्रिय उडान पनि नियमित गरिसकेको छ । त्यस्तै कलकारखाना, होटेल, यातायात, लगाएतका उद्योगधन्दालाई बिशेष सावधानी अपनाउदै सञ्चालनमा आएका छन् ।

बिद्यालय तथा रोकिएका बिभिन्न तहका परिक्षाहरु पनि सञ्चालन हुन थालेका छन् भने सिनेमाहल तथा बढि चहलपहल हुने स्थानहरु लाई बिशेष सावधानी अपनाई संचालनमा ल्याउने पहल भैरहेको बताईएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*