६ चैत्र २०८०, मंगलवार  |  19 March 2024,Tuesday
Ad

कोरोना बढ्न थाल्यो, तेस्रो लहरकालागि तयारी रहन आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमण दर फेरि बढ्न थालेको बताएको छ ।
निषेधाज्ञा खुकुलो भएपछिको एक हप्ता यता कोरोना संक्रमण दर बढेको पाईएको विज्ञप्ती मार्फत जनाएको छ
मन्त्रालयका सह प्रवक्ता समिर कुमार अधिकारीद्वारा बिहिवार हस्ताक्षरित जारी विज्ञप्तिमा चुनौतीपूर्ण तेस्रो लहर शुरु हुन सक्ने भन्दै स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहन आग्रह गरिएको छ ।
प्रशासनले निषेधाज्ञा खुकुलो बनाएपछी जनस्वास्थ्यको मापदण्ड उल्लंघन भइरहेका कारण संक्रमण जति घट्नु पर्नेमा त्यति घट्न नसकेको बिज्ञप्तीमा उल्लेख छ ।
अहिले पनि बिभिन्न १० जिल्लामा ५०० भन्दा बढी र २६ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेको भन्दै स्वास्थ्य मन्त्रालयले संक्रमणको जोखिम अझै बढिरहेको बताएको छ ।
संक्रमित भई उपचारमा लाग्नु भन्दा संक्रमण हुनबाट बच्नु नै बुद्धिमानी र सफल उपाए भएको भन्दै खोप लगाउन खोप केन्द्र सम्म पुग्दा वा हरेका कृयाकलापमा सजग र सतर्क भई स्वास्थ्य मापदण्ड पालना गर्न पनि मन्त्रालयले सम्पुर्ण तह तप्कालाई अनुरोध गरेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*