४ बैशाख २०८१, मंगलवार  |  16 April 2024,Tuesday
Ad

कोरोनाबाट एजवाटिनीका प्रधानमन्त्रीको मृत्यु

कोरोना भाइरस संक्रमणबाट अफ्रिकी देश एजवाटिनीका प्रधानमन्त्री एमब्रोसी मानवुलाे ड्लामिनीको निधन भएको छ ।

चार हप्ता पहिले कोरोना भाइरस संक्रमण पुष्टि भएका ५२ वर्षीय प्रधानमन्त्री ड्लामिनीको आइतबार निधन भएको हो । कोभिड–१९ बाट संक्रमित भएपछि स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो ।

उपचारका लागि डिसेम्बर १ मा छिमेकी देश दक्षिण अफ्रिकामा लगिएकोमा उपचारका क्रममा उनको निधन भएको हो । उपप्रधानमन्त्री थिम्बा मासुकुले वक्तव्य जारी गरेर प्रधानमन्त्री ड्लामिनीको निधनप्रति दुःख व्यक्त गरेका छन् । 

ड्लामनी सन् २०१८ को नोभेम्बरमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । अफ्रिकाको दक्षिण क्षेत्रमा रहेको झण्डै १२ लाख जनसंख्या भएको एजवाटिनीमा अहिलेसम्म ६ हजार ७६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १२७ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*