१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

के काँग्रेस भित्रको विवाद गच्छदारले मिलाउन सक्लान

काठमाडौँ । केहि दिन यता काँग्रेस भित्र चुलिएको विवाद मिनाउन उपसभापति गच्छदार लागि परेका छन् ।
सभापति देउवा पक्ष र बरिष्ठ नेता पौडेल पक्ष विच उत्पन्न असहमतिलाई मिलाई काँग्रेसलाई एक ढिक्का बनाउन उपसभापति गच्छदार अगाडी सरेका हुन् ।
उपसभापति गच्छदारले बिहिबार बिहान बोहोराटार पुगेर अडान छोड्न वरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रह गरे । आपसी खिचातानीले काँग्रसलाई बेफाईदा पुग्ने भएकाले मिलेर अगाडि बढ्न नेता पौडेललाई आग्रह गरेका थिए ।
भेटमा पार्टी कमजोर भएको यो समयमा विपक्षीले पेलिरहेकोले त्यसलाई प्रतिवाद गर्न र पार्टीलाई बलियो बनाउन पनि अडान छोड्न पौडेल संग गच्छेदारले आग्रह गरेका काँग्रेस प्रवक्ता बिश्व प्रकाश शर्माले बताए ।
पौडेललाई भेटेलगत्तै गच्छदार सभापति शेरबहादुर देउवालाई भेट्न गए ।
नेपाल बिद्यार्थी संघ, तरुणदल जस्ता शसक्त भात्रि संगठनलाई अन्योलमा छोडे काँग्रेस थप कमजोर हुने भन्दै अन्य नेताहरुले पनि समस्या समाधान र मिलेर अगाडी बढन नेतृत्वलाई दबाब दिएका छन् ।
कांग्रेस १४ औं महाधिवेशनको कार्यतालिका, नेपाल विद्यार्थी संघको महाधिवेशन आयोजक समिति गठन, तरुण दलको म्याद थप र कार्यसमिति विस्तार तथा विभाग गठनलगायत विषयमा सभापति र बरिष्ठ नेता पौडेल बिच उत्पन्न विवाद बाहिरी सतह सम्म आएको छ ।
विवाद बढदै गएपछि आयोजित बैठकहरु पैडेल पक्षका नेताले बहिस्कार गर्दै आएका छन् । पार्टी भित्र यसरी विवाद बढनु र समस्या समाधानको साटो बैठक बहिस्कार गरेर हिडनु पार्टीलाई फाईदा नपुग्ने भन्दै पार्टीका अन्य नेताहरुले चिन्ता समेत व्यक्त गरेका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*