१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

कालापानी र लिपुलेकको जनगणना गर्न जान भारत संग कुटनीतिक पहल गर्न नेविसंघको माग

भारत सरकार संग कूटनीतिक पहलमार्फत भए पनि कालापानी र लिपुलेकको जनगणना गर्न नेविसंघले सरकारसंग माग गरेको छ ।
नेविसंघका महामन्त्री बलदेव तिमिल्सिनाले सोमाबार एक बिज्ञप्ति निकालेर लिपुलेक क्षेत्रमा पुग्न नेपालबाट बाटो नभएकोले भारतकै बाटो जानकालागि कुटनीतिक पहल गर्न सरकारको ध्यान आर्कषण गराएको छ ।
पहिलो चरणको सूचीकरणका लागि त्यस क्षेत्रमा जान बाटो नभपछि भारतको बाटो भएर जान सरकारले नअह्राएको भन्दै जिल्ला तथ्यांक कार्यालयले सुपरिवेक्षक पठाएको थिएन ।
महाकालीपारि दार्चुलाको व्याँस गाउँपालिका १ को छाङरु, तिंकर र त्यस संगै जोडिएको कालापानी, लिपुलेक क्षेत्रमा २०१८ सालपछि जनगणना हुन नसकेको बताईएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*