७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

काबुलमा फसेका ११८ नेपाली काठमाडौ आईपुगे

अफगानिस्तानको काबुलमा अमेरीकी दुतावासमा रहेका १ सय १८ नेपाली काठमाडौ आईपुगेका छन् ।
उनिहरुलाई अमेरीकाले आफ्ना कर्मचारी सहित उद्धार गरेर कतारको दोहा पुर्याएको थियो । दोहा पुगेका उनिहरु (आज) मंगलबार बिहान कुवेत हुँदै सवा १० बजे त्रिभुवन अन्तराष्ट्रिय बिमास्थलमा अवतरण गरेका हुन् ।
अफगानिस्तान स्थित अमेरिकी दूतावासमा झण्डै ५ सय नेपाली कार्यरत रहेको अनुमान छ ।
अवैधानीक रुपमा अफगानिस्तान पुगेका र त्यहाँ अनौपचारिक क्षेत्रमा कामगर्ने नेपाली अझै धेरै रहेको हुनसक्ने नेपाल फर्केका मध्य एक जनाले बताए ।

हाल सम्म अन्य फर्कन बाँकी नेपालीहरु सुरक्षित रहेको र उनिहरुलाई पनि चाँडै उद्धार गरी नेपाल फर्काउन सरकार संग उनिहरुले आग्रह गरे ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*