८ बैशाख २०८१, शनिबार  |  20 April 2024,Saturday
Ad

‘कानुनी शिक्षा’ मार्फत स्थानिय सरकारको कार्यसम्पादन प्रभावकारी बनाईदै

देबि भण्डारी
२९, चैत्र, दाङ्ग । मुलुक संघियतामा गए संगै परिमार्जित कानुन अनुसार स्थानिय सरकारलाई काम गर्न अप्ठेरो परिरहेको गुनासो बढिरहेका बेला घोराही उप–महानगरपालिका जनप्रतिनिधी र कर्मचारीहरुले कानुनी शिक्षा पाएका छन् ।
स्थानिय सरकारको कार्य सम्पादनलाई चुस्त दुरुस्त र प्रभावकारी बनाउन ‘कानुनी शिक्षा’ सञ्चालन गरिएको घोराही उप–महानगरपालिकाले जनाएको छ ।
नेपालको संबिधान २०७२ अनुसार बनी सकेका र बन्दै गरेका कानुनका बारेमा स्थानिय जनप्रतिनिधी र स्थानिय सरकारका कर्मचारीलाई प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले अभिमुखीकरण तालिम दिएका हुन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले कानुन भन्दा बाहिर गएर गरिने कार्यले नतिजा पनि गलत निस्कने भन्दै सचेत पूर्बक कार्यसम्पादन गर्नुपर्ने बताए ।
उप–महानगरपालिकाले गरेको कार्यको प्रसंशा गर्द प्रमुख जिल्ला अधिकारी रिजालले लोकतन्त्रको मूख्य आधार भनेकै कानुनको शासन भएको भन्दै सबै नागरिकहरुलाई कानुनी ज्ञानको आधारभुत आबस्यकता भएको उल्लेख गरे ।
अभिमुखीकरण कार्यक्रममा प्रशासकीय अदालतका अध्यक्ष दाहालले बिधिको शासनबाटै कानुन कार्यान्वयनमा सफलता मिल्ने भन्दै स्थानिय सरकारले पाएको कानुनी अधिकारलाई गहन अध्ययन गरेर मात्रै कार्य सम्पादन गर्न सुझाब दिएका छन् । स्थानिय सरकारको काम, कर्तव्य र जिम्मेवारीलाई अध्ययन नगरी कार्य सम्पादन गर्दा फेल खाने भन्दै जनप्रतिनिधी र कर्मचारीहरुले कानुन बुझ्नै पर्ने उनको भनाई थियो ।
दुई चरणमा सञ्चालन गरिएको कानुनी शिक्षामा पहिलो दिन बिहीबार कार्यपालिकाका सदस्य, महाशाखा प्रमुख र शाखा प्रमुखहरुलाई सहभागि गराईएको छ ।
दोस्रो चरणमा शुक्रबार घोराही उप–महानगरपालिकाका सबै जनप्रतिनिधीहरुलाई अभिुमुखिकरण गराईएको घोराही उप–महानगरपालिकाका सामान्य प्रशासन शाखाका अधिकृत सुबोध रेग्मीले जनकारी दिए ।
अभिमुखीकरण तालिम पछि जनप्रतिनिधी र स्थानिय सरकारका कर्मचारिलाई स्थानिय निकायको दैनिक कार्यसम्पादनमा सहज हुने बिश्वास गरिएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*