१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

काठमाडौं–दिल्ली र दिल्ली–काठमाडौं उडान खुल्यो

कोरोनाका कारण गएको चैतदेखि बन्द भएको नेपाल–भारत उडान खुल्ने भएको छ । एअर बबल उडानका लागि नेपालले पठाएको पत्रको आधारमा भारतले सहमति दिएको हो ।

एअर बबल उडानमा भारतीय र नेपाली नागरिकमात्रै हुनुपर्नेछ । भारतले सरकारी एअरलाइन्सको काठमाडौं–दिल्ली र दिल्ली–काठमाडौं उडान गर्ने गरी सहमति दिएको काठमाडौंस्थित भारतीय दूतावासले जानकारी दिएको हो ।

नेपालले भारतको दिल्लीमा नियमित उडान खुलाका लागि पत्र पठाएको थियो । भारतको एअर इन्डिया र नेपालको नेपाल एअरलाइन्सले उडान गर्ने पाउने गरी सहमति दिइएको हो ।

नेपालसँग भारतले दसैंअगाडि नै एअर बबल उडान गर्ने प्रस्ताव पठाएको थियो । तर, उक्त समयमा नेपालले सहमति दिएको थिएन

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*