१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

काठमाडौं उपत्यकामा ६ जना कोरोना संक्रमित भेटिए, संक्रमण फैलन सक्ने भन्दै स्थानिय त्रसित

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाको संक्रमण बढ्न सक्ने सम्भावना देखिएको छ ।
लामो समय पछि बिहिवार ६ जना कोरोना संक्रमणका बिरामी भेटिए संगै उपत्यकामा थप संक्रमण बढन सक्ने आँकलन गरिएको हो । पुन कोरोना देखिए पछि स्थानिय त्रसित भएका छन् ।
अन्य जिल्लाको तुलनामा काठमााडौमा चहल पहल बढि भएका कारण कोरोना फैलन सक्ने अनुमान गरिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ३ जना, काठमाडौंमा २ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण भेटियो ।
संक्रमन देखिनेहरुमा भक्तपुर व्यासीका २४ वर्षका पुरुष, टीकाथलीका ५० वर्षका पुरुष र भक्तपुर नगरपालिका १६ का २२ वर्षका पुरुष रहेका छन् ।
उपत्यकामा लामो समय पछि बजार तथा बिभिन्न कार्यालयहरु नियमित खुल्न थालेका छन् ।
संक्रमण समाजमा फैलन नदिन सरकारले सामाजिक दुरी कायम गरि स्वाथ्य प्रति सजग रहदै व्यावसाय तथा कार्यालय संचालन गर्न नागरिकलाई अव्हान गर्दै आएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*