१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

काठमाडौं उपत्यकामा निषेधाज्ञा, पालना नगरे जरिमाना सहित कैद गरिने

काठमाडौँ । काठमाडौँ उपत्यकामा बुधबार राति १२ बजे देखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएको छ ।
उपत्यकाका तिन वटै जिल्ला सुरक्षा समितिको बैठक बसेर जारी गरिएको निषेधाज्ञा भदौ १० गते राति १२ बजे सम्मका लागि लागु हुने काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।
कोरोनाभाइरस संक्रमण तिब्र रुपमा बढन थालेपछी जोखिम नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको अधिकारी दाहालको भनाई छ ।
संक्रामक रोग ऐन, २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम उपत्यका भर अत्यावश्यक बाहेकका सबै सेवासहित मानिसको आवागमन बन्द गर्ने निर्णय गरिएको हो ।
निषेधाज्ञाको कसैले उल्लंघन गरेको पाईएमा ऐनअनुसार ५ सय रुपैयाँ सम्म जरिवाना र १ महिना सम्म कैद हुन सक्ने व्यावस्था रहेको समेत अधिकारी दाहालले बताए ।

निषेधाज्ञाको अवधिमा औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु, मालबाहक ढुवानी वा सेवा खरिदको काम बाहेक घरबाट बाहिर निस्कन पाईने छैन ।

प्रशासनले कोभिड (१९) को रोकथाम, उपचार तथा व्यवस्थापन सम्बन्धी कार्यमा खटिनुपर्ने र अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालयमा विहान ९ बजे देखि साढे १० बजे र बेलुकी ३ बजे देखि साढे ५ बजेसम्म आवागमन गर्न दिने जनाईएको छ ।

औषधि, खाद्यवस्तुु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, आइशोलेसन, फोहोरमैला व्यवस्थापन अस्पताल जाने आउने बिरामी र मृत्यु संस्कारका लागि प्रयोग गर्ने सवारी साधनका लागि पूर्व अनुमति भने आवश्यक पर्ने छैन ।

त्यस्तै हवाई उडानबाट विदेशमा जानेहरुका लागि पासपोर्ट, भिषा, कन्फर्म हवाई टिकट हुनेहरु सिधै एयरपोर्ट जाने सवारी साधनकालागि सहजीकरण गर्ने व्यवस्था मिलाउन भनिएको छ ।

अत्यावश्यक उपाभोग्य वस्तु तथा सेवाको मूल्यवृद्धि गर्ने, आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, जस्ता कार्य गरेको पाईए कानून बमोजिम कडा कारबाही गर्ने समेत निर्णय भएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*