६ जेष्ठ २०८१, आईतवार  |  19 May 2024,Sunday
Ad

कांग्रेसद्वारा तीत भ्रातृ संघका अध्यक्ष नियुक्त

नेपाली कांग्रेसले तीन वटा भ्रातृ संस्थामा अध्यक्ष नियुक्त गरेको छ । पार्टीको विधानको धारा ४२ (१) (च) बमोजिम सभापति शेरबहादुर देउवाले उनिहरुलाई मंगलबार नियुक्त गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
नियुक्त हुनेहरुमा नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा बालकृष्ण दाहाल (ओखलढुंगा), नेपाल भूतपूर्व सैनिक संघको अध्यक्षमा मेघराज टण्डन (कपिलवस्तु) र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा प्रकाश पन्थ (तनहुँ) रहेको पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पार्टीको विधान बमोजिम अधिबेशन हुन नसकी यि तिन भ्रातृ संघ स्वतः विघटन भएका थिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*