१३ बैशाख २०८१, बिहीबार  |  25 April 2024,Thursday
Ad

कांग्रेसको १४ औं महाधिवेशन : केन्द्रीय समितिमा इन्ट्रीको प्रयासमा दर्जन पूर्व नेविसंघ

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको चर्चासंगै नेपाल विद्यार्थी संघमा बसेर काम गरेका एक दर्जन जति नेताहरु यो पटक केन्द्रीय समितिका इन्ट्रीको प्रयासमा लागेका छन् । नेपाली कांग्रेसको राजनीतिमा अहिले चौथो पुस्ताका नेताको परिचय बनाएका एक दर्जन नेताहरु पहिलो पटक केन्द्रीय समितिमा प्रवेशको तयारीमा रहेको छन् ।

रन्जित कर्ण
नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष रन्जित कर्ण संविधानसभाको सदस्य भइसकेका छन् । नेपाल विद्यार्थी संघको अध्यक्ष भएकै बेलामा संविधानसभा सदस्य भएका कर्ण सप्तरी निवासी हुन् । वरिष्ठ नेता रामचन्द्र पौडेलको समुहमा रहेको कर्ण अहिले उपसभापति बिमलेन्द्र निधी संयोजक रहेको नीति तथा प्रशिक्षण प्रतिष्ठानको युवा प्रशिक्षण प्रमुख भएपछि गुट परिवर्तन गरेको हो कि भन्ने शंका पौडेल समुहले गर्ने गरेको छ । यद्यपी कर्णले भने आफु पौडेल गुटमा नै रहेको बताउदै आएका छन् ।

नैनसिंह महर
रन्जित कर्णभन्दा पछि नेपाल विद्यार्थी संघको अध्यक्ष भएका नैनसिंह महर पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराका हुन् । सभापति शेरबहादुर देउवाको समुहमा रहेका महर नेपाल विद्यार्थी संघको महाधिवेशन गर्न नसकेपछि पार्टी नेतृत्वमा आग्रहमा नेपाल विद्यार्थी संघको अध्यक्षबाट राजीनामा दिएका थिए । उनी १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवा समुहबाट केन्द्रीय सदस्यको उमेदवार बनेर केन्द्रीय समितिमा इन्ट्री गर्ने प्रयासमा छन् ।

मनोजमणी आचार्य
नैनसिंह महरसंग वरिष्ठ नेता रामचन्द्र पौडेल समुहबाट अध्यक्षका प्रत्यासी बनेको मनोजमणी आचार्य रोल्पा जिल्लाबाट नेपाल विद्यार्थी संघको राजनीति गर्दै आएका नेता हुन् । तत्कालिन माओवादीको विगविगी भएको अवस्थामा रोल्पाबाट नेपाल विद्यार्थी संघको जिल्ला अध्यक्ष हुँदै नेपाली विद्यार्थी केन्द्रीय महामन्त्री बनेका आचार्यलाई इमान्दार नेताका रुपमा लिने गरिन्छ । आचार्यलाई अवसर नपाएका नेताका रुपमा पनि लिने गरिन्छ । विद्यार्थीहरुका बीचमा लोकप्रिय आचार्यलाई समन्वयकारी नेताका रुपमा सवैले रुचाउने गर्दछन् ।

प्रतिमा गौतम
नेपाली विद्याथी संघकी पूर्व महामन्त्री प्रतिमा गौतम नेपाली कांग्रेसका नेताहरुबाट अन्यायमा परेकी विद्यार्थी नेतृ हुन् । २०७० सालको दोश्रो संविधान सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ मा तत्कालिन नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसंग चुनावी मैदानमा होमिएकी थिइन् । तर माधव नेपालले छोडेपछि भएको काठमाडौं क्षेत्र नम्बर दुईको उपनिर्वाचनमा गौतमलाई कांग्रेस नेताहरुले उमेदवार बनाएन् । उपनिर्वाचनमा कांग्रेसले जीत हात पारेको थियो । वरिष्ठ नेता रामचन्द्र पौडेल समुहमा रहेकी गौतमलाई २०७४ सालको आम निर्वाचनमा समेत प्रदेशसभा सदस्यको समानुपातिक तर्फबाट सांसद नबनाएर नेताहरुले अन्याय गरेकी नेतृ हुन् ।

कुन्दनराज काफ्ले
नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेलाई जुझारु विद्यार्थी नेताका रुपमा अधिकांक नेता कार्यकर्ताले चिन्ने गर्दछन् । कांग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौला समुहबाट नेपाल विद्यार्थी संघको महामन्त्री बनेका काफ्ले दोलखाका बासिन्दा हुन् । उनी आम विद्यार्थीका माझमा लोकप्रिय नेताका रुपमा चिनिने गर्दछन् । काफ्लेले नेपाल विद्यार्थीको संघको अध्यक्ष जित्ने पक्कापक्की भएकाले नेपाल विद्यार्थी संघको अधिवेशन गर्न पार्टी नेतृत्वले नदिएको धेरैको बुझाई रहेको छ ।

प्रमोदहरी गुरागाँई
नेपाली विद्यार्थी संघका पूर्व उपाध्यक्ष प्रमोदहरी गुरागाँई नुवाकोटका बासिन्दा हुन् । तर उनी अहिले नुवाकोटबाट कांग्रेसको क्रियाशील सदस्य काठमाडौंमा सारेर राजनीतिको कर्मभूमी काठमाडौंलाई बनाएका छन् । बौद्धीक विद्यार्थी नेताका रुपमा परिचय बनाएका गुरागाँई अहिले नीति तथा प्रशिक्षण प्रतिष्ठानको सदस्य छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल समुहमा रहेका गुरागाँई प्राध्यापन पेशामा समेत संलग्न छन् । लामो समय राजनीति गरेर पनि अवसरबाट वन्चित नेतामा पर्ने गर्दछन् गुरागाँई पनि ।

भुपेन्द्र जंग शाही
नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष भुपेन्द्रजंग शाही कालिकोट जस्तो विकट क्षेत्रबाट नेपाल विद्यार्थी संघको राजनीतिबाट केन्द्रीय राजनीतिमा आएका हुन् । वरिष्ठ नेता रामचन्द्र पौडेल समुहबाट नेपाल तरुण दलको महासचिव बनेका शाही दुवै संविधानसभा निर्वाचनमा कालिकोटबाट संविधानसभा सदस्यको उमेदवार बनेका थिए ।

गुरु बराल
नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष गुरु बराल कास्कीका बासिन्दा हुन् । पार्टी सभापति शेरबहादुर देउवाको समुहमा रहेर पनि अवसर नपाउने नेतामा गुरु बराल पर्ने गर्दछन् । गत आम निर्वाचनमा बराललाई प्रदेशसभा सदस्यको टिकट दिइएको थियो । तर बराल उमेदवार बनेको प्रदेशसभाको निर्वाचन क्षेत्रलाई अधिकांशले उत्तर कोरियाका रुपमा लिने गर्दथे । कम्युनिष्टको बाहुल्यता रहेको निर्वाचन क्षेत्रमा समेत बरालले पार्टीको निर्णय स्वीकार गर्दै पराजित हुने निश्चित भएको समयमा समेत उमेदवार बनेका थिए ।

विजुला बर्मा
नेपाल विद्यार्थी संघको राजनीतिमा विषेश गरि पद्मकन्याको राजनीति गरेकी बर्मा अहिले बाग्मति प्रदेशको प्रदेशसभा सदस्य छन् । नेपाली कांग्रेसबाट समानुपातिक तर्फबाट उनी प्रदेशसभा सदस्य भएकी हुन् । सिन्धुली गृहजिल्ला भएकी बर्मा पनि यो पटक पार्टीको केन्द्रीय सदस्यका रुपमा केन्द्रीय सदस्यमा इन्ट्री हुने कोशिसमा छन् । बर्मा नेपाल विद्यार्थी संघकी पूर्व उपाध्यक्ष हुन् । वरिष्ठ नेता रामचन्द्र पौडेल समुहमा रहेकी केन्द्रीय समितिमा समेत रहेर काम गरेकी थिइन् ।

रत्न कार्की
नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष रत्न कार्की रामेछापका स्थायी बासिन्दा हुन् । पछिल्लो समयमा रामेछापको राजनीतिमा बढि केन्द्रीत बनेका रत्न कार्की गएको आम निर्वाचनमा प्रदेशसभा सदस्यको उमेदवार थिए । उपसभापति बिमलेन्द्र निधी निकट मानिने कार्की सभपाति शेरबहादुर देउवाको समुहबाट केन्द्रीय सदस्यको उमेदवार बन्ने प्रयास गरिरहेका छन् ।

विनोद वान्तवा
नेपाली विद्यार्थी संघका पूर्व कोषाध्यक्ष विनोद बान्तवा भोजपुरका बासिन्दा हुन् । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका विश्वास पात्र मानिने वान्तवा नेपाल विद्यार्थी संघको राजनीति गरेर पनि अवसर नपाएका नेतामा पर्ने गर्दछन् । उनी नेपाल विद्यार्थीको संघको राजनीतिमा यी एक दर्जन नेताहरु मध्येका सवैभन्दा सिनियर नेतामा पर्ने गर्दछन् । पछिल्लो समय गृहजिल्लाको राजनीतिमा बढि केन्द्रीय छन् ।

मिथिलेश मिश्र
नेपाल विद्यार्थी संघको पूर्वसहमहामन्त्री मिथिलेश मिश्र रौतहटका स्थायी बासिन्दा हुन् । प्रदेश नम्बर दुईको पछिल्लो पुस्तामा इमान्दार मिश्र रामचन्द्र पौडेल समुहमा छन् । उनी पनि विद्यार्थी र मधेशको राजनीति गर्दा समेत अवसर नपाउने नेतामा पर्दछन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*