१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

काँग्रेस जिल्ला सभापतिहरु पार्टी केन्द्रिय कार्यालयमा धर्नामा

नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले पार्टीको केन्द्रिय कार्यालय सानेपामा धर्ना दिएका छन् ।
काँग्रसको क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक गर्न माग गर्दै मंगलबार बिहानै देखि जिल्ला सभापतिहरुले केन्द्रीय कार्यालयमा धर्ना दिएका हुन् ।
पार्टीको नेतृत्वलाई पटक पटक क्रियाशील सदस्यहरुको नामावली सर्वाजनिक गर्न माग गरे पनि त्यसको कुनै सुनुवाई नभए पछि आफुहरु बाध्य भएर धर्नामा बस्नु परेको जिल्ला सभापतिहरुको भनाई छ ।
सदस्यतालाई पारदर्शी बनाउन माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेता तथा जिल्ला सभापतिहरुले सदस्यको नामावली सार्वजनिक गर्न माग गरेका हुन् ।
जिल्ला सभापतिहरुले क्रियाशील सदस्यताबारे सुसूचित हुन पाउने अधिकारको सम्मान गर्दै सम्पूर्ण सूची सोमबार भित्रै सार्वजनिक गर्न नेतृत्वलाई अल्टिमेटम दिएका थिए । दिएको अल्टिमेटम भित्र सदस्यको नामावली सार्वजनिक नभएपछि (आज) मंगलबार बिहान देखि पार्टीको केन्द्रीय कार्यालय सानेपामा धर्नामा बस्न बाध्य भएको जिल्ला सभापतिहरुले बताएका छन् ।
सोमबार राति पार्टी सभापति शेरबहादुर देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले क्रियाशील सदस्य छानबिन समितिको प्रतिवेदन बुझाएका थिए ।
सदस्यताका विषयमा देखिएको विवाद मिलेपछि प्राविधिक तयारी पूरा गरी कांग्रेसले क्रियाशील सदस्यहरुको अन्तिम नामावली सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*