६ बैशाख २०८१, बिहीबार  |  18 April 2024,Thursday
Ad

कस्ले गर्यो पब्जी प्रतिबन्ध खारेजीका लागि सार्वोच्चमा रिट दायर

३, वैशाख, काठमाडौं । केहि दिन अघि पब्जी खेलमा लगाइएका प्रतिबन्ध खारेजीको माग गर्दै मंगलबार (आज) सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
इन्टरनेटमा आधारित खेल पब्जीमा लगाइएको प्रतिबन्ध असंवैधानीक र अव्यावहारीक एवं कानुन् प्रदत्त अभिव्यक्ति स्वतन्त्रता लागएका अधिकारको हनन् भएको भन्दै उक्त निर्णय बदरको मागसहित सर्वोच्च अदालतमा रिट दायर भएको हो ।
अधिवक्ताहरु सुवास पाठक, प्रवीण सुवेदी, रितेश पौड्याल, विकास थापा, अनुराग सुवेदी, तथा कानुनका विद्यार्थी विनय रिमालले उक्त प्रतिबन्ध खारेजिको माग गर्दै रिट दायर गरेका हुन ।
सामाजमा हिंशा तथा बालबालिकामा नकारात्मक असर पर्न थालेको भन्दै महानगरीय अपराध महाशाखाको विशेष आग्रहमा नेपाल दूरसञ्चार प्राधिकरणले उक्त खेलमा प्रतिबन्ध लगाएको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*