४ बैशाख २०८१, मंगलवार  |  16 April 2024,Tuesday
Ad

कवयत्रि न्यौपानेको मनपोखरीमा अस्ट्रेलिया खण्डकाव्य विमोचन ।

१९, चैत्र, काठमाडौं । कवयत्रि रुमु न्यौपानेको तेस्रो कृति मनपोखरीमा अस्ट्रेलिया नामक खण्डकाव्य सोमबार विमोचन भएको छ । विदेशीयका युवाको भोगाइलाई समेटेर तयार पारिएको खण्डकाव्य बरिष्ठ साहित्यकार सत्य मोहन जोसिले एक कार्यक्रमका बिच बिमोचन गरे ।
कवयत्रि न्यौपानेलाई बधाई दिदै बरिष्ठ साहित्कार जोसिले उनको यो लेखन यात्रा निरन्तर अगाडी बढ्नेमा आफु बिश्वस्थ रहेको बताए । खण्डकाव्य महाकाव्य भन्दा पहिले लेखिने काव्य भएकाले यस पछि कबियत्रि न्यौपानेलाई महाकाव्य लेख्ने यात्रामा अगाडी बढ्न जोसिले सुझब दिए ।
बिमोचन कार्यक्रममा बोल्दै लेखिका न्यौपानेले आफुले अस्टे«लियामा भोगेको भोगाइ र जीवनको भोगाइलाई समेटेर कृति प्रकाशित गरेको बताईन । निमन्त्रणा गरे अनुसार बिमोचन कार्यक्रममा अतिथि आएकोमा खुसी व्यक्त गर्दै न्यौपानेले योे उपस्थितिले आफुलाई लेखनमा झनै हौसल्ला मिलेको बताईन् । यस अघि न्यौपानेको बिहानीको किरण कवितासङ्ग्रह, आफ्नो छायासँग कवितासङ्ग्रह, प्रकाशित गरिसकेकी छिन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*