५ जेष्ठ २०८१, शनिबार  |  18 May 2024,Saturday
Ad

ओखलढुंगा कांग्रेसमा चरम असंतुष्टी, नेतृत्वद्धारा अन्तरघातीलाई नै पुरस्कृत


नेपाली कांग्रेस ओखलढुंगामा चरम असंतुष्टी देखिएको छ । गत बैशाख ३० गतेको स्थानीय चुनावमा अभूतपूर्व एकता देखिएको ओखलढुंगा कांग्रेसमा स्थानीय तहको चुनाव लगतै चरम असंतुष्टी देखा परेको हो । विषेशगरि केहि जिल्ला सदस्यको मनोनयनका बिषयमा देखिएको असंतुष्टी जिल्ला समन्वय समितिको प्रमुख चयनसम्म आइपुग्दा चरम बनेको जिल्लाका नेता कार्यकर्ताहरुले बताएका छन् ।

मोलुङ गाउपालिका – १ का निबर्तमान वडा अध्यक्ष प्रदीप बाँनियालाई जिल्ला सदस्य मनोनयन गरेपछि पार्टी भित्र चरम असंतुष्टी देखिएको हो । गत जिल्ला अधिवेशनमा तेजेन्द्र खनालको समुहबाट सहसचिवमा पराजित भएका बाँनियालाई सभापति खनालले जिल्ला सदस्यमा मनोनित गरेका छन् । बाँनियालाई आफ्नै वडाका वडा अध्यक्षका उम्मेदवार टोपप्रसाद धमला र गाँउपालिका अध्यक्षका उम्मेदवार राजन दाहाललाई अन्तरघात गरेको आरोप लागेको छ ।

मोलुङ गाँउपालिकाको सो वडा २०४८ सालयताका कुनै पनि निर्वाचनमा कांग्रेस दोश्रो नबनेको र यो पटक नेकपा एमाले विभाजनको प्रत्यक्ष असर समेत देखिएको मोलुङको वडा नम्बर १ कुन्तादेवि निवर्तमान वडा अध्यक्ष प्रदीप बाँनियाको मिलेमतोमा वडा अध्यक्ष धमला र गाँउपालिका अध्यक्ष दाहाललाई एमालेको भन्दा धेरै कम मत परेको थियो ।

सो वडाका निर्वतमान वडा अध्यक्ष बाँनिया लगायतका केहि नेताहरुले खुल्लेआम पार्टीका उम्मेदवारलाई असहयोग गरेको नेता कार्यकर्ताको आरोप छ । हुनत केहि केन्द्रीय सदस्यदेखि पार्टी सभापति खनालको समेत मोलुङ गाँउपालिकाका अध्यक्षका उम्मेदवार राजन दाहाललाई असहयोग गरेको कांग्रेस कार्यकर्ताहरुले चुनावका बेलामा नै गुनासो गरेको ओखलढुंगाका एक जिल्ला नेताले बताए ।

अहिले मोलुङ गाँउपालिका अन्तरघात गर्ने तीनै बाँनियालाई पुरस्कार स्वरुप पार्टीको जिल्ला सदस्य मनोनित गरेपछि जिल्ला नेतृत्वसंग नै पार्टी नेता कार्यकर्ताहरुले तिव्र असंतुष्टी जनाएका छन् । जिल्ला सभपाति तेजेन्द्र खनालले केन्द्रीय सदस्य प्रदीप सुनुवारको दबाबमा बाँनियालाई जिल्ला सदस्य मनोनित गरेको बताइएको छ ।

यस्तै जिल्ला सभापति तेजेन्द्र खनालले जिल्ला समन्वय समितिको प्रमुखमा आफ्नै काका डिल्लीराम खनालको नाम सिफारिस गरेपछि पार्टी भित्रको असंतुष्टी झन चुलिएको नेताहरुले बताएका छन् । पूराना कांग्रेस नेता टेकराज भट्टराई जिल्ला समन्वय समितिको प्रमुखको दावेदार हुँदा समेत अर्को गुटको भएकाले जिल्ला सभापति खनाल, केन्द्रीय सदस्य प्रदिप सुनुवार र अर्को केन्द्रीय सदस्य रामहरी खतिवडाको मिलेमतोमा एक पक्षलाई बाइपास गरेर समन्वय समितिको प्रमुखमा डिल्ली खनालको नाम सिफारिस गरिएकोमा अधिकांश नेता कार्यकर्ताको आपत्ती रहेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*