३ जेष्ठ २०८१, बिहीबार  |  16 May 2024,Thursday
Ad

एसीसी एमर्जिङ टिम्समा आज नेपाल र भारतको भिडन्त

नेपाली क्रिकेट टिम यतिबेला एसीसी एमर्जिङ टिम्स एसिया कप खेल्न श्रीलंकामा छ । नेपाली टिमले आज भारतको ए टिमसँग भिड्दै छ ।

एसिया कपमा आफ्नो दोस्रो खेलका रुपमा भारतीय टिमसँग खेलन लागेको हो । यसअघि अस्ति बिहीबार पाकिस्तानको ए टिमसँग पहिलो खेल खेलेको थियो । सो खेलमा नेपाल पाकिस्तान ए टिमसँग ४ विकेटले पराजित भएको थियो ।

श्रीलंकाको आर प्रेमदासा स्टेडियममा हुने डे नाइट खेलमा नेपालको प्रस्तुति राम्रो हुने अपेक्षा गरिएको छ । भारतीय प्रशिक्षक मन्टी देसाईले नेपाली टिमले अघिल्ला कमजोरीहरुलाई सुधारेर उत्कृष्ट खेल खेल्ने बताएका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*