३ जेष्ठ २०८१, बिहीबार  |  16 May 2024,Thursday
Ad

एसिया कप क्रिकेटका लागि रोहितको कप्तानीमा १७ सदस्यीय टोली

एसिया कप क्रिकेट खेल्न रोहितकुमार पौडेलको कप्तानीमा १७ सदस्यीय नेपाली क्रिकेट टिमको सोमबार घोषणा गरिएको छ । पाकिस्तान र श्रीलंकामा हुने एसिया कपको खेल यही अगस्ट ३१ देखि सुरु हुँदैछ ।

प्रतियोगतामा नेपालको समूहमा भारत र पाकिस्तान रहेका छन् । भारत र पाकिस्तान विश्वकै पावर हाउससँग नेपाली राष्ट्रिय क्रिकेट टिमको सम्भवत पहिलो भेट हुने छ । नेपाल र नेपाली टिमले क्रिकेटका शक्तिशाली मूलकसँग प्रतिस्पर्धा गर्नुलाई महत्वसाथ हेरेका छन् ।

जसअनुसार नेपालले आफ्नो पहिलो खेल पाकिस्तानसँग अगष्ट ३१ मा मुल्तानमा खेल्नेछ । दोस्रो खेल भारतसँग खेल्ने कार्यतालिका प्रकाशित भइसकेको छ ।

एसिया कपअघि नेपाली टिमले पाकिस्तानमा एक साताको तयारी गर्ने क्यानले जनाएको छ । जसमा नेपालले प्रशिक्षण गर्ने र केही अभ्यास खेलसमेत खेल्ने छ ।

नेपाली १७ सदस्यीय टोलीमा रोहितसहित कुशल भुर्तेल, सन्दीप लामिछाने, करण केसी, ललित राजबंशी, भीम सार्की , कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, आरिफ शेख, आसिफ शेख, सोमपाल कामी, प्रतिस जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाल रहेका छन्।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*