५ जेष्ठ २०८१, शनिबार  |  18 May 2024,Saturday
Ad

एमालेका १५ सांसदले दर्ता गराए बजेट छलफल स्थगनको प्रस्ताव

प्रतिनिधिसभाका १५ सांसदले संसदमा बजेट छलफल स्थगनको प्रस्ताव दर्ता गराएका छन् । प्रमुख प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहितका सांसदहरुले स्थगन प्रस्ताव दर्ता गराएका हुन् ।

जारी बजेटमाथिको छलफल रोकेर मलको बारेमा छलफल गर्ने स्थगनको प्रस्तावमा उल्लेख गरिएको छ । उक्त प्रस्तावमाथि सोमबारको संसद्मा छलफल हुने भएको छ । स्थगन प्रस्ताव स्वीकृत भए संसद्मा उक्त प्रस्तावमाथि छलफल हुनेछ भने मन्त्रालयगत बजेटमाथि सांसदले उठाएका प्रश्नको मन्त्रीहरूले जवाफ दिने कार्यक्रम स्थगित हुने बताइएको छ ।

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उक्त प्रस्तावलाई आजको प्रतिनिधिसभा बैठकमा भट्टराईले पेश गर्ने कार्यसूची छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*