१३ बैशाख २०८१, बिहीबार  |  25 April 2024,Thursday
Ad

एमबिबिएसका विद्यार्थीद्वारा परीक्षा बहिस्कार, प्रबेशपत्र समेत जलाए

काठमाडौं । शिक्षा मन्त्रालय र मेडिकल कलेज सञ्चालक बीच भएको सहमति ‘अमूर्त’ रहेको भन्दै पाँच मेडिकल कलेजका विद्यार्थीले एमबिबिएस पहिलो वर्षको परीक्षा बहिस्कार गरेका छन् ।
युनिभर्सल मेडिकल कलेज, चितवन मेडिकल कलेज, नेसनल मेडिकल कलेज, जानकी मेडिकल कलेज र गण्डकी मेडिकल कलेजका विद्यार्थीले एमबिबिएस पहिलो वर्षको परीक्षा बहिस्कार गरेका हुन् ।
बिद्यार्थीले आबेगमा परिक्षा हलबाट बाहिर निस्किएर प्रबेशपत्र समेत जालाएका छन् ।
पाँच कजेज मध्य युनिभर्सल, जानकी, चितवन र नेसनल मेडिकल कलेजका विद्यार्थी परीक्षा हलमै प्रवेष गरेनन्, भने गण्डकी मेडिकल कलेजका विद्यार्थीले एक घन्टा परीक्षा हलमा बसेर बहिरिएको बिद्यार्थीहरुले जनाएका छन् । उनिहरुले आफुहरुलाई धम्काएर हलमा छिराइएको भए पनि एक घन्टा हलमा बसेर परिक्षा नदिई प्रस्नपत्र लिएर बहिरिएको बताए ।
सरकार र मेडिकल सञ्चालक बिच गत मंसिर १० एमबिबिएस पहिलो र दोस्रो वर्षमा उठाइएको गैरकानुनी शुल्क फिर्ता गर्ने सहमति भए पनि उक्त सहमति भरपर्दो तरिकाले कार्यान्वयनमा आउने छाँट नरहेको आरोप लागाएका छन् ।
एमबिबिएस संगै बुधबार देखि सुरू भएको फार्मेसी, नर्सिङ लगायत आठ वटा संकायका विद्यार्थीले समेत परीक्षा बहिस्कार गरेको बताईएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*