६ बैशाख २०८१, बिहीबार  |  18 April 2024,Thursday
Ad

एट्लेटिको मड्रिड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश

एट्लेटिको मड्रिड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति साल्जबर्गलाई २–० ले पराजित गर्दै एट्लेटिको नकआउट चरण प्रवेश गरेको हो । मारियो हर्मोसोले एट्लेटिकोलाई दिलाएको अग्रतालाई फ्रि–किक मार्फत यानिक कारासकोले दोब्बर बनाएका थिए ।

मार्गिम बेरिशाको प्रहार साल्जबर्गको पोस्टमा लागेको थियो । स्पेनिस क्लबलाई नकआउट चरण प्रवेश गर्न जितको अवाश्यकता थियो । जितसहित एट्लेटिको नकआउट चरण प्रवेश गर्यो । सोही समूहको अर्को खेलमा बायर्न म्युनिखले लोकोमोटिभ मस्कोलाई २–० ले हरायो ।

बायर्न समूह विजेतको रुपमा यसअघिनै अन्तिम १६ मा प्रवेश गरेको थियो । बायर्नको जितमा निकलेस सुएले र एरिक मक्सिम चौप मोटिङ्गले एक एक गोल गरे । बायर्नले प्रतियोगितामा आफ्नो अपाराजित यात्रालाई १७ खेलसम्म पुर्याएको छ ।

उसले लगातार ११ खेलमा जित निकालेको थियो । साविक विजेता बायर्नले यस सिजन समेत समूह चरणमा मात्र एक खेलमा बराबरी खेल्यो । समूह विजेताको रुपमा बायर्न १६ अंक सहित नकआउट चरण पुग्यो । एट्लेटिको ९ अंक सहित दोस्रो स्थानमा रहदै नकआउट पुग्ने अर्को टोली बन्यो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*