५ जेष्ठ २०८१, शनिबार  |  18 May 2024,Saturday
Ad

एकीकृत समाजवादीका नयाँ मन्त्रीाई आर्ज शपथ गराउने तयारी

एकीकृत समाजवादीबाट मन्त्री सिफारिस भएकाहरुलाई आज शपथ ग्रहण गराउने तयारी भइरहेको छ । शितल निवासमा आयोजना हुने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुलाई शपथ ग्रहण गराउने छिन् ।

शपथ ग्रहण दिउँसो हुने भनिए पनि समय निश्चित भइसकेको छैन । सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीले मन्त्रिपरिषदमा आफ्नो भागमा रहेका पाँच जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाउने निर्णय गरेको थियो ।

नयाँ बन्न लागेका मन्त्रीहरुमा जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर, भवानी खापुङ र हिरा केसी छन् । यसअघि स्वास्थ्य राज्यमन्त्री खापुङ मन्त्रीमा र केसी राज्यमन्त्रीमा रहने गरी एकीकृत समाजवादीले सिफारिस गरेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*