१३ बैशाख २०८१, बिहीबार  |  25 April 2024,Thursday
Ad

उपाधि दाबेदार रियल मड्रिड रियल ओसासुनासँग बराबरीमा रोकियो

उपाधि दाबेदार रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा बराबरीमा रोकिएको छ । साविक विजेता रियलले बराबरी खेल्दै अंक बाँडेको छ । शनिबार राति भएको खेलमा रियल ओसासुनासँग गोलरहित बराबरीमा रोकिएको हो ।

पछिल्लो समय रियल उपाधि होडमा आफूलाई बलियो बनाउने योजनामा रहेको छ । शीर्ष स्थानको एट्लेटिको मड्रिड दुई खेल कम खेल्दा बलियो बनिरहेको छ ।

बराबरीमा रोकिएसँगै रियलले १८ खेलमा ३७ अंक जोडेको छ । रियल दोस्रो स्थानमा रहेको छ । ओसासुना १५ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*