१३ बैशाख २०८१, बिहीबार  |  25 April 2024,Thursday
Ad

उपत्यकामा फेरी भेटियो बर्डफ्यु : सर्तकता अपनाउन पशुपंक्षी मन्त्रालयको आग्रह

काठमाडौं उपत्यकाको तीन स्थानमा फेरी बर्डफ्लु संक्रमण भेटिएको छ ।
पशु सेवा विभागका अनुसार उपत्यकाको कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ र ९ एवं चन्द्रागिरि नगरपालिका–२ मा संक्रमण भेटिएको हो ।


यहि जेष्ठ १० गते उक्त स्थानका कृषकले पालेका टर्कीको केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा रियल टाइम पीसीआर विधिबाट नमुना परीक्षण गर्दा संक्रमण भेटिएको विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले बताए ।


बर्डफ्लु पुष्ठी भए पछि अहिले उक्त क्षेत्रका ५३५ टर्की, ४९२ स्थानीय कुखुरा, ७६ बट्टाई, २० हाँस, १७८ अण्डा र ९०० किलो दाना नष्ट गरिएको छ ।
संक्रमण थप फैलन नदिन पशुपक्षी मन्त्रालयले त्यस क्षेत्रका कृषक तथा स्थानियलाई थप सर्तकता अपनाउन आग्रह गरेको छ ।
पक्षी तथा पक्षीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्यरूपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र कामगर्न मन्त्रालयले आग्रह गरेको छ


यसअघि काठमाडौँको तारकेश्वर र ललितपुरको नक्खुलगायतका क्षेत्रमा पालिकाएका स्थानीयका कुखुरा र टर्कीमा पनि बर्डफ्लु संक्रमण भेटिएको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*