१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

उपत्यकामा निषेधाज्ञा थप : उल्लंघन गरे कैद र नगद जरिमाना गरिने


काठमाडौं उपत्यकामा पुनः निषेधाज्ञा थप गरिएको छ ।
उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको आज बसेको बैठकले एकहप्ता निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारीहरूको बैठकले आउँदा जेष्ठ २० गते सम्म निषेधाज्ञा थप गर्ने निर्णय भएको बताईएको छ ।
बैठकले निषेधाज्ञालाई थप कडाई गर्ने समेत निर्णय गरेको छ ।

थपिएको निषेधाज्ञामा किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न नपाइने भएको छ । तर सागसब्जी, माछामासु र दूधका लागि बिहान ९ बजेसम्म पसल खोल्न पाइनेछ । यस अघि अत्यावस्यक पसलहरु बिहान७ बजे देखि १० वजे सम्म खोल्न पाईने व्यवस्था गरिएको थियो ।

यस पटक निषेधाज्ञा उल्लंघन गर्नेलाई नयाँ अध्यादेश अनुसार कारबाही पनि हुनेछ । केही दिनअघि जारी भएको अध्यादेशमा निषेधाज्ञा कार्यान्वयनमा बाधा पुर्याए १ वर्ष र उल्लंघन गरे ६ महिना कैद हुन सक्ने निर्णय भएको छ ।
साथै आदेश नमान्नेलाई सिडिओले एक लाख रुपैयाँ र संघ संस्था भए पाँच लाखसम्म जरिवाना गर्न सक्ने समेत व्यवस्था गरिएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*